समाचार

समाचार

नेकपाद्वारा आयोजित नेपाल बन्दको मुलुकभर प्रभाव

कार्तिक ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले महंगी विरुद्ध आज (कार्तिक ३० गते) आयोजना गरेको नेपाल बन्दको देशव्यापी प्रभाव परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्य बृद्धिको विरुद्ध आज नेपाल बन्दको आयोजना गरेको हो ।  बन्...

क्रियाशील सदस्यताबारे बुढानिलकण्ठमा देउवा–पौडेल भनाभन, देउवा भन्छन : पास–पास, पौडेलको प्रश्न कति दिन भागेर हिँड्ने ?

कार्तिक २९, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन ढिलोमा गत साउनमै सम्पन्न गर्नुपर्ने हो । त्यतिबेला पनि महाधिवेशन गर्न सक्ने अवस्थामा कांग्रेस पुगेन । भदौमा महाधिवेशनको मिति नै घोषणा गरेको कांग्रेसले त्यो मिति पनि गुजारेर मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारीमा कांग्रे...

किरण मोक्तानको ‘सेतै फुल्यो सिरु फूल, छेउमै कञ्चन खोला’ सार्वजनिक

कार्तिक २६, काठमाडौं । गीतकार किरण मोक्तानले रचना गर्नुभएको ‘सेतै फुल्यो सिरु फुल, छेउमै कञ्चन खोला सार्वजनिक भएको छ । फिल्मशाला टिभीले निर्माण गरेको म्युजिक भिडियोको फिल्मशाला टिभीको सभाकक्षमा आयोजित एक समारोहका बीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।  पूर्व सांसद, कोरियाका...

कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीले ग¥यो हस्तक्षेप

कार्तिक २५, काठमाडौं । प्रधानन्यायधिश चोलेन्द्र शमसेर जवराले राजीनामा दिनुपर्ने माग राख्दै आएका कानुन व्यवसायीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।  कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै आज गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीको हस्तक्षेपसँगै अहिले सर्...

जनताको ढाढ सेक्नेगरी फेरि इन्धनको मूल्य बृद्धि, खाना पकाउने ग्यासको मूल्य अब प्रति सिलिन्डर १५७५ रुपैयाँ कायम

कार्तिक २५, काठमाडौं । पटकपटक पेटे«लियम पदार्थ र खाना पकाउने इन्धनको मूल्य बृद्धि गर्दै आएको सरकारले बुधबार रातीदेखि लागू हुनेगरी फेरि इन्धनको मूल्य बृद्धि गरेको छ । यो पटकको मूल्य बृद्धि सर्वसाधारण जनताको ढाढ सेक्नेगरी नै भएको छ । सरकारले केही समय अगाडि मात्रै खाना पकाउने ग्याँसको मूल्य बृद्ध...

छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

कार्तिक २४, काठमाडौं । तराईबासी नेपालीहरुले धुमधामका साथ मनाउने गरेको छठ पर्वको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नुभएको छ । ...

भुजीमा तीन दिने पुरुष भलिवल प्रतियोगिता सम्पन्न

उमाकुण्ड, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं. ७ भुजी कोलडाडास्थित भुजीमा पुरुष खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  कार्तिक १२, १३ र १४ गते गरी तीन दिनसम्म आयोजना भएको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुभएको हो । कार्यक्रमम...

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त

कार्तिक १७, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका कांग्रेस संसदीय दलका नेता जीवनबहादुरी शाही नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट...

कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा

कार्तिक १६, सुर्खेत । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्रीमा विश्वासको मत नपाउने भएपछि सोमबार राजीनामा दिएकै दिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग बहुमत हुँदाहुँदै राजीनामा दिनुभएको छ । आचार्यले बहुमत नपाउने भएपछि राजीनामा दिनुभएको हो भने शाहीले गठबन्धन दल...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिनुभयो पदबाट राजीनामा , मंगलबार १ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुखबाट आह्वान

कार्तिक १५ विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री आचार्यले आजै राजीनामा दिएसँगै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा तत्काल स्वीकृत गर्नुभएको छ । आचार्यको राजीनामा स्वीकृत गर्दै प्रद...

नेकपा एकीकृत समाजवादी सिन्धुली–काठमाडौं सम्पर्क मञ्चमा घिमिरे र शंखरापूरको नगर अध्यक्षमा वाइवा निर्वाचित

कार्तिक १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिन्धुली काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बासुदेव घिमिरे र राजधानीको शंखरापूर नगरपालिकाको अध्यक्षमा श्याम वाइवा निर्वाचित हुनुभएको छ । उपत्यकामा सञ्चालित लोकप्रिय सहकारीका संस्था हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहनुभ...

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले विरोध कार्यक्रम गर्दै

कार्तिक १४, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जंगबहादुर राणाले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै केही समयदेखि आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले संघर्षका थप कार्यक्रम अन्तर्गत आज सर्वोच्च अदालत परिसरमा विरोधको कार्यक्रम गर्ने भएको छ ।  बार एशोसिएसनले आजदेखि लगातार तीन दिनसम्म...

अदालतबारे सामूहिक धारणा बनाउने प्रचण्डको उद्घोष

कार्तिक १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको वर्तमान समस्याबारे गठबन्धनका सबै दलले सामूहिक धारणा बनाउने उद्घोष गर्नुभएको छ । गठबन्धनका दलहरुबीच न्यायालयमा देखिएको समस्या समाधानका बारे सामूहिक धारणा बनाउनकै ला...

अत्यधिक दोहनले भासिँदैछ जमिन, धराप बन्दै काठमाडौं

कार्तिक १३, काठमाडौं । केही समययता देशको संघीय राजधानी काठमाडौंका सडकमा अकस्मात् ठूलाठूला खाल्डा देखिने गरेका छन् । यही हप्ता काठमाडौंको माइतीघर-तीनकुने सडक खण्डअन्तर्गत नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा ठूलो खाल्डो पर्यो । अन्तर्राष्ट्रियस्त...

राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्दै, आजै ३ मन्त्रीलाई शपथ खुवाउने तयारी

कार्तिक ११, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का नेता एवं बाग्मती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे बाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने हुनुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने देखेपछि बुधबार राजीनामा दिएसँगै पाण्डेले बहुमत (५९ प्रदेशसभा सदस्य) सांसदको समर्थनमा बुधबार नै मुख्...

बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा प्रस्ताव

कार्तिक ४, हेटौडा । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डे बाग्मती प्रदेशको मुख्यमन्त्री बन्नुहुने भएको छ ।  बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प...

बागमती प्रदेशसभाकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य विश्वासमा मत लिँदै

कार्तिक ४, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी भइरहेको छ । अहिले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनु अघि प्रदेशसभामा आफ्नो धारणा राख्दै हुनुहुन्छ । नेकपा एमालेले आजको बैठक सार्न प्रस्ताव गरेको थियो । एमालेले आफ्...

दोरम्बाको गुराँसेमा फुटबल प्रतियोगिताको तयारी पूरा, उपराष्ट्रपति नन्दकिशोर पुनबाट प्रतियोगिताको उद्घाटन हुँदै

दोरम्बा/शैलुङ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ र ६ को सिमानामा पर्ने गुराँसेमा फुटबल प्रतियोगिता हुने भएको छ । गुराँसेदेवी युवा क्वलको आयोजनामा गुराँसे खेल मैदानमा हुन लागेको उक्त प्रतियोगिताको सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले कार्तिक १ गते विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम...

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका ज्येष्ठ सदस्यहरुलाई घरघरमै पुगेर सम्मान

काठमाडौं । अक्टोबर १, असोज १५ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाका ७० बर्ष भन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर सम्मान गरेको छ । सामाजिक क्षेत्रमा केही न केही नयाँ गर्दै आएको सहकारीले जेष्ठ नागरिक दिवसको अवर पारेर यस...

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा रमेशकुमार बस्नेत चयन, पार्टी कार्यालय समेत उदघाटन

असोज १०, मन्थली । नेकपा (एकीकृत समाजवादी) रामेछापको अध्यक्षमा रमेश बस्नेत चयन हुनुभएको छ । नेकपा एस रामेछापको असोज ९ गते मन्थलीमा आयोजित भेलामार्फत बस्नेत अध्यक्ष चयन हुनुभएको हो । बस्नेत मन्थली नगरपालिकाका मेयर समेत हुनुहुन्छ । जिल्ला पार्टी कार्यालयसमेत उद्घाटन गरिएको भेलामा प्रमुख अतिथि नेकपा...

ताजा अपडेट